आयोगद्वारा मंगलबार ५ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक

काठमाडौं, असार २४ । शिक्षक सेवा आयोगले मंगलबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ५ जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले आज मनाङ, पर्सा, नवलपरासी, बागलुङ र सिन्धुली जिल्लाको नतिजा सार्वजनिक गरेको हो । आयोगको साइटमा उल्लेख भएअनुसार पि.डि.एफ फाइल अपलोड केही समयमा अपलोड गरिने छ । तत्कालका लागि नतिजा हेर्न एस.एम.एसको व्यवस्था गरिएको आयोगले जनाएको छ । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् –

कमेन्ट गर्नुहोस्