विश्वकप क्रिकेटः वर्षाका कारण रद्द भएको खेल झनै रोमाञ्चक हुने

काठमाडौं, असार २५ । आइसिसी विश्वकप क्रिकेटको सेमि फाइनलमा वर्षाका कारण खेल रद्द भएपछि आजको खेल झनै रोमाञ्चक हुने देखिएको छ । मंगलबार भारत र न्यूजिल्याण्डबीच खेल हुँदा वर्षाका कारण रोकिएको खेल आज हुन लागेको हो । हिजोको खेलमा न्यूजिल्याण्डले ४६.२ ओभरमा २११ रन बनाएको थियो । ४७ औं ओभरको दोश्रो बल हान्दै गर्दा पानी परेर खेल अवरुद्द बनेको थियो ।

आज न्यूजिल्याण्डले हिजो रोकिएकै अवस्थाबाट खेल्ने छ । यदि आज पनि पानी परेको खण्डमा भने डक वर्थ लुईस विधिबाट नयाँ लक्ष्य भारतसामु राखिने छ । आज पनि मौसमको पूर्वानुमान भने खासै राम्रो देखिँदैन । आज बिहान पानी पर्ने सम्भावना १० प्रतिशत रहेको छ भने दिउँसो ३५–४० प्रतिशत सम्भावना पानी पर्ने देखिन्छ ।

के हुन्छ आज पनि पानी परे ?
२० ओभरको खेल भएमा भारतका सामु १४८ रनको संशोधित लक्ष्य हुने छ । यति भारतीय पारी २५ ओभरसम्म भएमा त्यसका लागि १७२ रन बनाउनु पर्नेछ । यसैगरी ३० ओभरमा १९२ रनको लक्ष्य हुने छ भने ३५ ओभरसम्म बलिङ गर्नुपरेमा जित्नका लागि २०९ रन बनाउनु पर्ने छ । यसैगरी टीम इण्डियलाई ४० ओभरमा जीतका लागि २३ र ४६ ओभरमा २३७ रन बनाउनुपर्ने छ

कमेन्ट गर्नुहोस्