Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बुधबार बजारमा कतिले घट्यो सुनको मूल्य ?

काठमाडौं, असार २५ । साताको चौथो दिन बुधबार बजारमा सुनको भाऊ दुई सय रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, मंगलबार तेजावी सुनको मूल्य ६४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बुधबार बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

मंगलबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: