गायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’को ब्राण्ड एम्बेस्डर

काठमाडौं, असार २५ । लोकप्रिय लोकगायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन् ।

विगत दुई वर्ष बजारमा आएको कपडाको ब्राण्ड डिएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमका बीच एम्बेस्डरको घोषणा गरेको हो । एकवर्षका लागि एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागि यो ठूलो सफलता बताए ।

‘मेरो लागि डिएनएसँगे जोडिनु ठूलो सफलता हो’, प्रकाशले कार्यक्रममा भने । ‘म यस ब्राण्डसँग जोडिनुको मुख्य कारण देश विदेश छरिएर रहेका युवाहरुमाझ छिटो पुग्न सक्नुभन्ने हो ।’ डिएनएको तर्फबाट केदारप्रसाद न्यौपानेले गायक प्रकाशलाई प्रमाणपत्र प्रदान गरे ।

केदारले पछिल्लो समय युवापुस्ताको मनमुटुमा बस्न सफल भएकै कारण प्रकाशलाई आफ्नो ब्राण्डसँग जोडेको बताउँछन् । कार्यक्रममा गायिका शान्तिश्री परियार, तिलक बस्नेत लगायतको उपस्थिती रहेको थियो । गायक प्रकाश पछिल्लो समय सार्वजनिक ‘गलबन्दी’ बोलको लोकगीतका गायक तथा संगीतकार हुन् ।

 

उनको यस गीत केही समय विवादमा पनि रह्यो । प्रकाशको ‘बोलमाया’, ‘दोहोरी ब्याटल’ लगायतका गीत सर्वाधिक रुचाइएका गीत हुन् । यी गीत युट्युवमा करोडभन्दा बढी भ्युज रहेका छन् ।

कमेन्ट गर्नुहोस्