भारतमा निर्माणाधीन भवन ढल्दा नेपालका एकै परिवारका तीन जनाको मृत्यु

कठमाडौं, असार २५ । भारतको बैंग्लोरमा निर्माणाधीन बिल्डिङ ढल्दा तीन नेपालीसहित ४ जनाको ज्यान गएको छ । मंगलबार राति निर्माणधिन भवन ढल्दा नेपालको बझाङका एकै परिवारका तीन जनासहित एक भारतीय नागरिकको ज्यान गएको हो ।

मृत्यु हुनेमा बझाङको थलारा गाउँपालिका–२ बगडाका नारायण खड्का, उनकी श्रीमती मञ्जु र छोरी अनुष्कासहित भारतको बिहारका शम्भु कुमार रहेका छन् । साथै बिल्डिङबाट सात व्यक्तिको उद्दार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्