विश्वकप सेमिफाइनलः न्यूजिल्याण्डले दियो भारतलाई २४० रनको चुनौती

काठमाडौं, असार २५ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले भारतलाई २४० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३९ रन बनायो ।

उसका लागि रस टेलरले ७४, कप्तान केन विलियम्सनले ६७, हेनरी निकोलशले २८, कोलिन डी ग्राण्डहोमले १६, जिमी नीशमले १२, टम लाथमले १०, मार्टिन गुप्टिल, म्याट हेनरीले एकएक, मिचेल सान्टनरले नछआउट ९ र ट्रेन्ट बोल्टले ३ रन बनाए ।बलिङमा भारतका भुवनेश्वर कुमारले ३, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, युजवेन्द्र चहल र रविन्द्र जडेजाले एकएक विकट लिए ।

 २११ रन बनाएको अवस्थामा वर्षा
मंगलबार पानी परेपछि ४६.१ ओभरमा रोकिएको बाँकी खेल आज भएको हो । उक्त अवस्थामा न्यूजिल्याण्ड ४६ं६ ओभरमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो ।

कमेन्ट गर्नुहोस्