श्रीमानसँग मिलेर पूर्व प्रेमीको हत्या

कैलाली, असार २५ । कैलालीको चुरे गाउँपालिका वडा नं.६ मडमा श्रीमान र श्रीमती मिलेर एकजनाको हत्या गरेका छन् ।

गुल्मी घर भई ज्याला मजदुरी गर्दै आइरहेका अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको हो । गत असार २२ गते श्रीमान र श्रीमती मिलेर हत्या गरी सिमसेला खोला नजिकै खाडल खनेर गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको जनाएको छ ।

याे पनि पढ्नुस  यौनधन्दा गर्न नमान्दा श्रीमानले गरे श्रीमतीको हत्या

कुँवरको हत्या गरेको आरोपमा सोही ठाउँका लालबहादुर लामा र उनकी श्रीमती कल्पना लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कल्पनाका पूर्व प्रेमी रहेका कुँवरको हत्या गरी खोला किनारमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरिक्षक माधव विश्वकर्माका अनुसार असार २२ गते देखि हराएका कुँवर डेरामा नआएपछि स्थानियले खोजी गरिरहेका थिए । खोजी गर्दै जाँदा स्थानियहरुले हत्याको केही प्रमाण देखेपछि प्रहरीलाई जानकारी गराएको उनले बताए । प्रहरीले मृतकको शवलाई पोष्टमार्टमको लागि सेती अञ्चल अस्पताल धनगढीमा राखेको छ।

याे पनि पढ्नुस  यौनधन्दा गर्न नमान्दा श्रीमानले गरे श्रीमतीको हत्या

कमेन्ट गर्नुहोस्