भारतले सस्तैमा गुमायो पहिलो विकेट, १ रन बनाएर आउट भए रोहित

काठमाडौं, असार २५ । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले दिएको २४० रनको लक्ष्य पछ्याउने क्रममा भारतले सस्तैमा पहिलो विकेट गुमाएको छ । उसले १.३ ओभरमै पहिलो विकेटकारुपमा रोहित शर्मा (१) लाई गुमाएको हो । उनलाई म्याट हेनरीले आउट गरे । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३९ रन बनायो ।

याे पनि पढ्नुस  न्यूजिल्याण्डसामु भारत निरिह, १७९ रनमै अल आउट

उसका लागि रस टेलरले ७४, कप्तान केन विलियम्सनले ६७, हेनरी निकोलशले २८, कोलिन डी ग्राण्डहोमले १६, जिमी नीशमले १२, टम लाथमले १०, मार्टिन गुप्टिल, म्याट हेनरीले एकएक, मिचेल सान्टनरले नछआउट ९ र ट्रेन्ट बोल्टले ३ रन बनाए ।बलिङमा भारतका भुवनेश्वर कुमारले ३, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, युजवेन्द्र चहल र रविन्द्र जडेजाले एकएक विकट लिए ।

याे पनि पढ्नुस  अर्को वन डेमा पनि भारतले हरायो न्युजिल्याण्डलाई

 २११ रन बनाएको अवस्थामा वर्षा
मंगलबार पानी परेपछि ४६.१ ओभरमा रोकिएको बाँकी खेल आज भएको हो । उक्त अवस्थामा न्यूजिल्याण्ड ४६ं६ ओभरमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो ।

कमेन्ट गर्नुहोस्