विश्वकप सेमिफाइनलः भारतविरुद्ध म्याट हेनरीको घातक बलिङ

काठमाडौं, असार २५ । बाह्रौ विश्वकपको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डले दिएको २४० रनको सामान्य लक्ष पछ्याउन समेत धौ धौ परेको छ । आजको खेल भारतले यस विश्वकपमै खेलेको सबैभन्दा खराब खेल मानिएको छ ।

रोहित शर्मा, विराट कोहली र केएल राहुल १-१ रनमै आउट भएपछि केही सम्हालिए जस्तो देखिएको भारतीय पारी दिनेश कार्तिक ६ रन बनाएर आउट भएपछि धर्मराउन थालेको छ ।

कर्तिकलाई म्याट हेनरीले आउट गरे । उसका ६ विकेट मात्र बाँकी छन् र अझै उसले १७० रन बनाउन बाँकी छ । भारतका ४ मध्ये ३ विकेट म्याट हेनरीले लिएका छन् ।

कमेन्ट गर्नुहोस्