विषादी परीक्षण नरोक्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं, असार ५ । भारतबाट नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिने सरकारी निर्णय असार ३० गते सम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरीम आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको असार १८ गते को निर्णय कार्यान्वयन नगर्न र दुबै पक्षलाई असार ३० गते छलफल मा आउन आदेश दिएको छ ।

याे पनि पढ्नुस  रेस्टुरेन्टमा सर्भिस चार्जलाई स्वैच्छिक गर्न आदेश

नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असारमा ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित गरेको थियो । उपभोक्ता हितर संरक्षण मञ्च र अर्को एक संस्थाले मंगबार सरकारको सो निर्णय विरुद्ध रीट दायर गरेका थिए ।

याे पनि पढ्नुस  सिके राउत सर्वोच्च अदालत उपस्थित

कमेन्ट गर्नुहोस्