भारतलाई हराउँदै न्यूजिल्याण्ड विश्वकपको फाइनलमा

काठमाडौं, असार २५ । भारतलाई १८ रनले हराउँदै न्यूजिल्याण्ड इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसिय दिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । न्यूजिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । ब्याक क्याप (न्यूजिल्याण्ड) ले दिएको २४० रनको मध्यम लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको भारतले ४९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो ।

याे पनि पढ्नुस  विश्वकप सेमिफाइनलः भारतलाई चौथो झड्का, दिनेश ६ रनमा आउट

उसका लागि रविन्द्र जडेजाले ७७ र महेन्द्रसिंह धोनीले ५० रन बनाए पनि टिमलाई जीत दिलान सकेनन् । यस्तै ऋषभ पन्त, हार्दिक पाण्ड्याले ३२–३२, विराट कोहली, रोहित शर्मा र केएल राहुलले १–१, दिनेश कार्तिकले ६ र युजवेन्द्र चहलले ५ रनको योगदान दिए । बलिङमा म्याट हेनरीले ३, मिचेल सान्टनर, ट्रेन्ट बोल्टले २–२, लकि फग्र्युसन र जिमी नीशमले एक–एक विकेट लिए ।

याे पनि पढ्नुस  विश्वकप सेमिफाइनलः भारतविरुद्ध विलियम्सनको अर्धशतक पूरा

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३९ रन बनायो । उसका लागि रस टेलरले ७४, कप्तान केन विलियम्सनले ६७, हेनरी निकोलशले २८, कोलिन डी ग्राण्डहोमले १६, जिमी नीशमले १२, टम लाथमले १०, मार्टिन गुप्टिल, म्याट हेनरीले एकएक, मिचेल सान्टनरले नट आउट ९ र ट्रेन्ट बोल्टले ३ रन बनाए । बलिङमा भारतका भुवनेश्वर कुमारले ३, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, युजवेन्द्र चहल र रविन्द्र जडेजाले एक–एक विकट लिए ।

कमेन्ट गर्नुहोस्