युवा चिकित्सक संघका संयोजकनै लाइसेन्स फेलहरुको लिड गर्दै

आफूहरुलाई जनस्वास्थ्य, चिकित्सा शिक्षा र चिकित्सा समाजको सुधारक बताउदै आएको युवा चिकित्सक संघका एक संस्थापक संयोजकनै लाइसेन्स फेलहरुको नेतृत्व गर्दै विभिन्न निकाय धाएको पाइएको छ।  Young Doctors Association अर्थात् YDA का एक संस्थापक संयोजक डा. राम थापा क्षेत्रीले नेतृत्व गरेको लाइसेन्स परीक्षा फेल भएका डाक्टरहरुको समुह अहिले विभिन्न माग राखी स्वास्थ्य मन्त्रालय लगायत अन्य निकाय धाउदै गरेको विभिन्न स्वास्थ्य संचार माध्यमहरुले जनाएका छन्।

लाइसेन्स परीक्षाको पाठ्यक्रम निर्धारण गर्नु पर्ने , लाइसेन्स फेल चिकित्सकले पनि वरिष्ठ डाक्टरको सुपरभिजनमा विरामी जाच्न पाउने लगायत विविध मागहरु उनीहरुले उठाएका छन्।  स्वास्थ्य खबर पत्रिकाको अनुसार डा. थापाले नेतृत्व गरेको समुहले स्वास्थ्य मन्त्रालयमा र नेपाल मेडिकल काउन्सिलमा ज्ञापन पत्र बुझाएका हुन्।

YDA मा स्थापना कालदेखीनै आवद्ध भएका उनले बुझाएको पत्रमा आफूहरु युवा चिकित्सक भएको उल्लेख गरेका छन्। YDA ले आधिकारीक वेबसाइटमा सदस्यता लिनको लागी नेपाल मेडिकल काउन्सीलको लाइसेन्स अनिवार्य हुनुपर्ने उल्लेख गरेतापनि यसरी संस्थापक संयोजकनै लाइसेन्स फेलहरुको अगुवाइ गर्दै हिड्नाले प्रश्न चिन्ह खडा भएको छ।

 

कमेन्ट गर्नुहोस्