भर्जिनियाका रुपाखेती परिवारद्वारा डिसी सप्ताहमा ५५ हजार डलर दान

डिसी, असार २६ । अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका समाजसेवी अरुण रुपाखेती र परिवारले डिसी मेट्रो सप्ताहमा ५५ हजार ५ सय ५५ डलर र ५५ सेन्ट दान गरेका छन् । गत जुन २२ देखि जुन २९ सम्म सम्पन्न डिसी मेट्रो सप्ताह २०१९ का संयोजक समेत रहेका रुपाखेतीले ५५ हजार ५ सय ५५ डलर र पचपन्न सेन्ट दान गर्दै उक्त सप्ताहमा सर्वाधिक ठूलो दान गर्ने दानवीर भएका छन् ।

उनले उक्त रकमको घोषणासँगै संस्थापक संरक्षक बनेका छन् । ४० हजार डलरको सदस्यता बने पछि मात्र संस्थापक संरक्षक भइन्छ । रुपाखेती अनेसास डिसी शाखा र अन्य संघर संस्था संग आबद्ध छन । झन्डै दुई दशकदेखि डिसी मेट्रो महानगर क्षेत्रमा बस्दै अन्य सामाजिक संस्थामा आबद्ध रुपाखेती डिसी नेपाली समाजका संस्थापक अध्यक्ष पनि हुन् । उनले बिदेशी माटोमा परम्परा, संस्कृतिको सम्वर्द्धन र जगेर्ना गर्न डिसी नेपाली समाजको स्थापना गरेका छन् । उक्त मुनाफा रहित संस्था मार्फत झन्डै १० वर्षदेखि हजारौं नेपाली समुदायहरुलाई निःशुल्क जनैपूर्णिमामा क्वाटी,जनै र दशैमा जमरा वितरण गर्दै आइरहेका छन् ।

डिसी महानगर क्षेत्रमा सामुदायिक केन्द्र बनाउनुपर्छ भन्दै पुराणमार्फत यो सम्भव छ भन्नेमध्ये कै एक परिकल्पनाकार रुपाखेती हुन् । यसको लागि उनी र आफ्ना परिवार अहोरात्र खटिई सबैको अथक प्रयास र मेहनतको कारण अमेरिकामा भएका सप्ताहमध्ये सर्वाधिक ठूलो रकम २० लाख ३४ हजार डलर संकलन भएको थियो । जुन अमेरिकाको नेपाली समुदायको ईतिहासमा यति ठुलो सहभागिता र ज्यादा रकम नगदमात्र १० लाख डलर उठ्न सफल भएको थियो ।

डिसी मेट्रो सप्ताहको लागि नेपाल बाट वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल आएका थिए भने रुपाखेतीकै घरमा पण्डित पोखरेल सप्ताहसम्म बसेका थिए । रुपाखेती दम्पत्ति, २ छोराहरु, बुबाआमा र छोरी समेतको कूल मिलाएर रुपाखेती परिवारले पचपन्न हजार पॉच सय पचपन्न डलर र पचपन्न सेन्ट दान गरेका हुन् । उक्त दान डिसी मेट्रो सप्ताहको अन्तिम दिन जुन २९ मा आफ्ना परिवारको साथ सबैको अगाडी दान दिने घोषणा गरेका थिए ।

उनले आफू चिकित्सक, अभियन्ता र ठूलो पदमा काम गर्ने नभई घण्टा हान्ने काम गरे तापनि मन भएर दान गरेको बताएका थिए । उनले घोषणा गर्ने बित्तिकै उनलाई काँधमा हालेर पुराण स्थलमा घुमाईएको थियो ।

कमेन्ट गर्नुहोस्