Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पीक परियोजना सञ्चालनपछि बालबालिका विद्यालय जान थाले

काठमाडौँ, असार २६ । समानता र पहुँचका लागि साझेदारी कार्यक्रम (पीक परियोजना) सञ्चालन पश्चात् बालबालिका विद्यालय जान थालेका छन् । यो परियोजनको मुख्य उद्देश्य बालबालिकालाई शिक्षित बनाउनु हो ।

यो परियोजना सञ्चालन भएपछि बालबालिकाहरु विद्यालयभन्दा बाहिर नभएको कुरा सिद्धार्थ सामाजिक विकास केन्द्रका पिक परियोजनाका टिम लिडर अजयसिँह चौधरीले दाबी गर्छन् । हामीले अध्ययन गर्दा यी दुई गाउपालिकामा १ हजार पाँच सय ४३ बालबालिका विद्यालयभन्दा बाहिर थिए । आज ती सबै बालबालिकाहरु विद्यालय जान्छन् ।

यसैगरी ज्ञान पीक परियोजनाका टिम लिडर नारायण पन्थीका अनुसार हामीले विद्यालयबाहिर रहेका बालबालिकाहरु सतप्रतिशत नभएपनि ९० प्रतिशतभन्दा माथि विद्यालयमा नियमित जाने गरेका छन् । यस क्षेत्रमा यो परियोजनाले पुर्याएको सकरात्मक पाटो हो ।

विगत तीन वर्षबाट कपिलवस्तु जिल्लाका मायादेवी गाउपालिका र शुद्धोधन गाउपालिकामा पीक परियोजना सञ्चालन हुँदै आएको छ । वि वल्डको सहयोगबाट सञ्चालित यस परियोजनामा ग्लोवल एक्सन नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गरिएको हो । ग्लोवल एक्सन नेपालले विद्यालयसँग प्रत्यक्ष सरोकार राखेर काम गरेको छ । जसमा बहिनीका लागि दिदी शिक्षा कार्यक्रम, ज्ञान बाटिका कार्यक्रम रहेका छन् । जुन अति नै सान्दर्भिकता देखिन्छ ।

यसैगरी सिद्धार्थ सामाजिक विकास केन्द्रले स्थानीय सामुदायिक संस्थाहरुसँग हातेमालो गरी कार्य गरेका छन् । जसमा कृषि सहकारी संस्था, सामुदायिक सिकाई केन्द्र, महिला समूहहरु रहेका छन् । आफ्नो छोराछोरीलाई स्कूलमा पठाऔँ भन्ने अभियान चलाएर विद्यालयमा पठाउने, आफ्नो छोराछोरी मात्र नभएर छर छिमेकका बालबालिकाहरुलाई पनि विद्यालयमा पठाउनका लागि उत्प्रेरणा गर्ने, यो परियोजनबाट सरकारले ल्याएको भर्ना अभियानलाई साथ, सहयोग पुर्याएको देखिन्छ ।

गरीब तथा विपन्न वर्गका छोराछोरीहरुलाई विद्यालयसम्म पुर्याउनका लागि ती अभिभावकहरुलाई आय वृद्धि कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । जसमा शद्धोधन र मायादेवी गाउपालिका गरी १ सय २० परिवारले यो सेवाबाट लाभान्वित भएका छन् । नटुवा परिवारलाई साँगेतिक सामग्री प्रदान गरिनुका साथै यसै क्षेत्रका ४ सामुदायिक विद्यालयले आय वृद्धि सेवा कार्यक्रमबाट लाभान्वित भएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: