विश्वकप २०१९ मा स्मिथको चौथो अर्धशतक

काठमाडौं, असार २६ । १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल अन्तर्गत घरेलु टिम इंग्ल्याण्डविरुद्ध अष्ट्रेलियाका स्टिभ स्मिथले अर्धशतक पूरा गरेका छन् । उनले ४ चौकाको मद्दतमा ७२ बलमा अर्धशतक पूरा गरेका हुन् ।

जारी विश्वकपमा स्मिथको यो चौथो अर्धशतक हो । उनी र एलेक्स केरीबीच १०३ रनको साझेदारी बन्यो । केरी २७.२ ओभरमा ४६ रन बनाएर आदिल रशिदको बलमा आउट भए । यस्तै, २७ ओभरको अन्तिम बलमा मार्कस स्टोइनिस शून्य रनमा आउट भए । उनलाई पनि रशिदले नै आउट गरे ।

याे पनि पढ्नुस  रोय–बेरिस्टोको बिस्फोटक ब्याटिङ, इंग्ल्याण्ड फाइनल नजिक

उनीसँगै अष्ट्रेलियालाई पाँचौ झड्का लागेको छ । यसअघि अष्ट्रेलियाले कप्तान आरोन फिन्च (०), डेभिड वार्नर (९) र पिटर ह्यान्सकम्बलाई ४ रनमा गुमायो । फिन्चलाई जोफ्रा आर्चरले वार्नर र पिटरलाई क्रिस ओक्सले आउट गर्न सफल भए । टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले यो समाचार तयार पार्दासम्म ३२ ओभरमा ५ विकेट गुमाएर १४२ रन बनाएको छ । लिग चरणमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ६४ रनले हराएको थियो ।

याे पनि पढ्नुस  विश्वकपः अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्दै आज, कस्तो छ विगत ?

इंग्ल्याण्ड ३ पटक फाइनल पुग्दा पनि उपाधि भने जीत्न सकेको छैन । इंग्लिश टिम १९७९, १९८७ र १९९२ मा फाइनलमा पुगेको थियो । अहिलेसम्म इंग्ल्याण्ड र अष्ट्रेलियाबीच विश्वकपमा ८ खेल भएको छ । जसमा ८ मा अष्ट्रेलिया र २ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । जारी विश्वकपमा अष्ट्रेलियाले ९ खेलमा ७ मा जीत र २ खेलमा हार बेहोरेको छ । यता इंग्ल्याण्डले ९ खेलमा ३ मा हार र ६ खेलमा जीत हासिल गर्न सफल भएको छ ।

याे पनि पढ्नुस  विश्वकप सेमिफाइनलः संकटमा अष्ट्रेलियन टिम, सातौं विकेट पतन

अष्ट्रेलियाको प्लेइङ–११ः आरोन फिन्च (कप्तान), डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, एलेक्स केरी, जसन फेहनड्रफ, प्याट कमिन्स, मार्कस स्टोइनिस, पीटर ह्यान्सकम्ब, नाथन लायन र मिचेल स्टार्क ।

इंग्ल्याण्ड प्लेइङ–११ः इओन मोर्गन (कप्तान), जोनी बेरिस्टो, जो रूट, जसन राय, बेन स्टोक्स, जोफ्रा आर्चर, जोस बटलर, लियाम प्लंकेट, आदिल राशिद, क्रिस वोक्स र मार्क वुड ।

कमेन्ट गर्नुहोस्