Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गायक हरिदत्त फुलाराको ‘म आउने प्रहरमा’ बजारमा (भिडियो)

काठमाडौं, असार २६ । गायक हरिदत्त फुलाराको नयाँ नेपाली रोमान्टिक गीत सार्वजनिक गरिएको छ । उनको ‘म आउने प्रहर..’ बोलको नयाँ गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । एकपछि अर्को गीत बजारमा ल्याइरहेका गायक फुलाराको यो गीतमा जानू कम्बाङ्ग लिम्बुको शब्द, महाराज थापाको एरेन्ज, कम्पोज गायककै छ ।

यस्तै ‘म आउने प्रहर’ को म्यूजिक भिडियोमा नेपाली चलचित्रका चर्चित अभिनेता आयुष रिजाल र नम्रता सापकोटाको अभिनय देख्न सकिन्छ । भिडियोलाई रमेश बाबा नेपालले निर्देशन, रविन्द्र बरालले छायांकन र विष्णु खड्काले सम्पादन गरेका हुन् ।

गायक फुलाराका यसअघि ‘हसायो मायाँले’, ‘सम्झनामा डुबायर’, ‘मैले मन पराएँ’, ‘गीत तिमी संगित तिमी’, ‘मेरो देश’, ‘नक्कली’ लगायत बोलका गीत बजारमा आइसकेका छन् । ती गीतहरुलाई स्रोतादर्शकले राम्रो रुचाएका छन् । झण्डै डेढ दशकदेखि नेपाली सङ्गीतमा लागि पर्दै आएका गायक फुलारा पछिल्लो समय अलग्गै पहिचान बनाउँदै गएका छन् ।

भारत, काँशी हिन्दु विश्व विद्यालयबाट शास्त्रीय संगीत अन्तर्गत गायन बिधामा माष्टर डिग्री गरेका गायक फुलारा पश्चिम नेपाल धनगढीका स्थानीय वासिन्दा हन् । उनले त्यहाँको सैनिक आवासिय महाविद्यालयमा दुई वर्ष संगीत प्रशिक्षकको रुपमा काम गरेपश्चात २०७१ सालबाट काठमाडौंलाई कर्मथलो बनाएर गीत, संगीतको क्षेत्रमा क्रियायाशिल रहँदै आएका छन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: