विश्वकपः अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फाइनलमा प्रवेश

काठमाडौंः पाँच पटकको विजेता अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्याण्ड १२औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्ड २७ वर्षपछि वान डे विश्वकपको फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनल खेलमा अष्ट्रेलियाले दिएको २२४ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३२.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि जोसन रोयले ५ छक्का र ९ चौकाको मद्दतमा ६५ बलमा ८५ रन बनाए ।

याे पनि पढ्नुस  के हो क्रिकेटमा सधैँँ विवादमा रहने डकबर्थ लुइस या डिएलएस विधि ?

जारी विश्वकपमा उनको यो चौथो अर्धशतक हो । साथै यो विश्वकपमा रोयले एक शतकसमेत बनाइसकेका छन् । यस्तै जोनी बेरिस्टोले ३४, जो रुटले (अविजित) ४९ र इओन मोर्गनले नट आउट ४५ रन बनाए । बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले एकएक विकेट लिए ।  अब इंग्ल्याण्डले उपाधिका लागि १४ जूलाईमा न्यूजिल्याण्डसँग खेल्ने छ । टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सम्पूर्ण विकेट गुमाएर २२३ रन मात्र बनाउन सक्यो ।

याे पनि पढ्नुस  मनमोहन स्मृति कपः सुदूरपश्चिमसँग प्रदेश पाँच १ सय १८ रनले पराजित

उसका लागि स्टिभ स्मिथले सर्बाधिक ८४ रनको योगदान दिए ।  यस्तै एलेक्स केरीले ४६, मिचेल स्टार्कले २९, ग्लेन म्याक्सवेलले २२, डेभिड वार्नरले ९ पिटर ह्यान्सकम्बले ४, प्याट कमिन्सले ६ र नाथन लायनले ६ रन बनाए । कप्तान आरोन फिन्च र मार्कस स्टोइनिसले खाता नै खोल्न पाएनन् । बलिङमा क्रिस ओक्स, आदिल रशिदले तीनतीन, जोफ्रा आर्चरले २ र मार्क उडले एक विकेट लिए ।

याे पनि पढ्नुस  नेपालको शानदार प्रदर्शन, पहिलो ओभरमै सोमपालले झारे विकेट

अष्ट्रेलियाको प्लेइङ–११ः आरोन फिन्च (कप्तान), डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, एलेक्स केरी, जसन फेहनड्रफ, प्याट कमिन्स, मार्कस स्टोइनिस, पीटर ह्यान्सकम्ब, नाथन लायन र मिचेल स्टार्क ।

इंग्ल्याण्ड प्लेइङ–११ः इओन मोर्गन (कप्तान), जोनी बेरिस्टो, जो रूट, जसन राय, बेन स्टोक्स, जोफ्रा आर्चर, जोस बटलर, लियाम प्लंकेट, आदिल राशिद, क्रिस वोक्स र मार्क वुड ।

कमेन्ट गर्नुहोस्