Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सफा आकाशमा जब एक्कासी विमान हल्लियो !

सफा आकाशमा एक्कासी विमान हल्लिँदा ३५ जना यात्रु घाइते भएका छन्। विमानमा २८४ जना यात्रु सवार थिए। क्यानाडाको भ्यान्कुभरबाट अस्ट्रेलियाको सिड्नीका लागि उडेको विमान सघन टर्बुलेसनमा परेको हो। टर्बुलेसनमा परेपछि विमानको आपतकालीन अवतरण गराइएको थियो।

होनोलुलुको विमानस्थलमा अवसतरण गर्ने बित्तिकै चिकित्सकहरूले यात्रुको स्वस्थ्य परीक्षण गरेका थिए। सो क्रममा सवार मध्ये ३५ यात्रु घाइते भएको भेटिएको थियो। विमानसेवाले जनाएअनुसार हवाइ टापुभन्दा दुई घण्टाको दूरी पर पुगेको विमानले सफा आकाशमै अचानक बेतोडको टर्बुलेन्स बेहोरेको हो।

यात्रुहरूका लागि विमान कम्पनीले होनोलुलुमा होटलहरूको व्यवस्था गरिएको र यात्रुहरूलाई अस्ट्रेलिया लैजाने नयाँ उडानको व्यवस्था गरिरहेको विमान कम्पनीले जनाएको छ।

के हो टर्बुलेन्स ?

चलनचल्तीको भाषामा टर्बुलेन्स भनिने हावाको तापक्रम तथा अन्य कारणले उत्पन्न हुने अवस्थामा उडिरहेको विमान पर्दा निकै हल्लन्छ। क्लेयर एअर टर्बुलेन्स खासगरि सफा र शान्त आकाशमा अचानक हुन्छ जसको भेउ पाउन सकिँदैन।

विभिन्न बेगमा बगिरहेको हावाको जम्काभेट हुँदा यस्तो स्थिति पैदा हुने बताइन्छ। यसलाई नांगो आँखाले वा परम्परागत रडारले पनि पत्ता लगाउने सक्दैन। विमानचालकहरूले सोही स्थानबाट गुज्रिँदा अन्य एयर ट्राफिक कन्ट्रोललाई दिएको जानकारीका आधारमा यस्तो अवस्था उत्पन्न भएको थाहा हुने बिबिसीले जनाएको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: