Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अवतरणका क्रममा यतिको विमान चिप्लियो, त्रिभुवन विमानस्थलकाे उडान अवरुद्ध

काठमाडौं, असार २७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको उडान तथा अवतरण अवरुद्ध भएको छ । अवतरणका क्रममा यति एयरलाइन्सको विमान धावन मार्गमा चिप्लिएपछि उडान तथा अवतरण अवरुद्ध भएको हो ।

त्रिभुवन विमानस्थलमा कार्यरत एसएसपी सन्दीप भण्डारीका अनुसार नेपालगञ्जबाट काठमाडौं आएको विमान शुक्रवार अवतरणका क्रममा धावन मार्गमा चिप्लिएको हो ।

विमानमा सवार यात्रु तथा चालक दलका सदस्यहरू सकुसल रहेका एसएसपी भण्डारीले जानकारी दिए । बिहीवारदेखिकै वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनिरहेको छ । देशका कतिपय विमानस्थलहरू जलमग्न बनेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: