काभ्रेमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु

काठमाडौं, असार २७ । काभ्रेको बनेपा नगरपालिका–३ मा पहिरनेले घर पुर्दा २ जनाको ज्यान गएको छ । साथै अर्का दुई जना घाइते भएका छन् ।

लगातारको वर्षापछि आएको पहिरोले रामप्रसाद दंगालको घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा परेर रामप्रसादकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको हो ।

बुहारी सुशीला र अर्की नातिनी अनुस्कालाई उद्दार गरिएको छ र दुबैको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको एसपी जयराज सापकोटाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्