Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जुम्लामा महिला सीडीओको लोभलाग्दो शिष्टाचार

जुम्ला, असार २७ । सरकारी कर्मचारीमा आफूलाई शासक र जनतालाई शासित भन्ने अवधारणाले जरो गाडेको परिदृश्यमा नयाँपुस्ता केही प्रशासक अपवाद भएर उभिएका छन् ।कर्णालीको विकट मानिने जुम्लामा ४० औं सीडीओ भएर पुगेकी दुर्गा बञ्जाडेले सेवाग्राहीलाई सत्कारपूर्वक आफ्नो कार्यकक्षमा राखेर चियापान मात्र हैन, उनीहरुसंग दुखसुखका कुरा गरेर मन जित्ने अभ्यास थालेकी छन् ।

उनले आफ्नो फेसबुक पेजमा यी तस्वीर पोष्ट गरेकी हुन् । यसअघि उनी सिन्धुपाल्चोकमा सहायक प्रमुख जिल्ला अधिकारी थिइन । जुम्लाले आफ्नो इतिहासमा पहिलो पल्ट महिला प्रमुख जिल्ला अधिकारी पाएको हो ।

सेवाग्राहीलाई प्रेमपूर्वक सम्बोधन गरेर उनीहरुका काम हार्दिकतापूर्वक सम्पन्न गरिएको यो दृश्य निजामती सेवामा देखिएको चाँदीको घेरो हो । सरकारी कार्यालयमा नागरिक बडापत्र नभएर आत्मीय व्यवहारको खाँचो छ । ७७ जिल्लामध्ये सिन्धुपाल्चोक, रामेछाप, तेर्हथुम र जुम्ला जिल्लामा अहिले महिला सीडीओ कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: