कञ्चनपुरमा गुडिरहेको स्कुल बसमाथि रुख ढल्यो

महेन्द्रनगर, असार २७ । कञ्चनपुरमा गुडिरहेको स्कुल बसमाथि रुख खसेको छ । शुक्लाफाँटा नगरपालिकाको वनसमितिस्थित अनिरुद्र माध्यमिक विद्यालयको बसमाथि रुख खसेको हो । बसमाथि रुख खसे पनि सबै विद्यार्थी सकुशल रहेका छन् ।

स्कुल बस वनसमितिबाट सिमलफाँटातिर विद्यार्थीलाई छाड्न गइरहेको थियो । बसमा सवार २ जना विद्यार्थी सामान्य घाइते भएका र उपचार भइरहेको शुक्लाफाँटा नगरपालिका–१ का वडा सदस्य परमानन्द जोशीले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्