प्रचण्ड सचिवालयको खण्डनः ‘पूर्वराजदूत श्यामशरणसँग अध्यक्षको भेट भएको छैन’

काठमाडौं, असार २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको सचिवालयले पूर्वभारतीय राजदूत श्यामशरणसँग प्रचण्डको गोप्य भेट भएको भन्ने समाचारको खण्डन गरेको छ । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले शुक्रबार उक्त समाचारको खण्डन गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् भ्रमपूर्ण समाचारको खण्डन गर्दै स्वकीय सचिव दाहालले लेखेकी छिन्, ‘कमरेडका कुनै पनि कुटनीतिक भेटघाटहरु गोप्य र रहस्यम छैनन् । बरु, ती पारदर्शी एवं पार्टी तथा सरकारी निकायहरुसंगको समन्वयमै भइरहेका छन् । हालसालै, कुनै भारतीय व्यक्ति वा निकायसंग उहाँको त्यस प्रकारको गोप्य भेट भएको छैन । तसर्थ, त्यससँग जोडेर गरिएका प्रचारबाजीहरु असत्य, नियोजित र दुराषययुक्त छन् ।’

याे पनि पढ्नुस  प्रचण्ड भन्छन्, ‘नेपालमा दश वर्षमा आर्थिक क्रान्तिको परिणाम सजिलै देख्न सकिने छ’ [भिडियो]

पूरा पढ्नुहोस् सचिवालयका खण्डन
नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड प्रचण्डले हालै नेपालका लागि एक पूर्व भारतीय राजदूत श्यामशरणसँग गोप्य भेटघाट गरेको भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । कमरेड प्रचण्डका कुनै पनि कुटनीतिक भेटघाटहरु गोप्य र रहस्यमय छैनन्ब । बरु ती पारदर्शी एवं पार्टी तथा सरकारी निकायहरुसँगको समन्वयमै भइरहेका छन् । हालसालै, कुनै भारतीय व्यक्ति वा निकायसँग उहाँको त्यस प्रकारको गोप्य भेट भएको छैन । तसर्थ, त्यससंग जोडेर गरिएका प्रचारबाजीहरु असत्य, नियोजित र दुराषययुक्त छन् ।

त्यस्तै, तरकारीको बिषादी परीक्षण प्रकरणमा अध्यक्ष प्रचण्डलाई जबर्जस्ती जोडेर गरिएको कुप्रचार भत्र्सनायोग्य छ । मुलुक र जनताको हितका लागि नेपाल सरकारद्वारा गरिएको र गरिनुपर्ने यस कामबारे अध्यक्ष प्रचण्ड सचेत र स्पष्ट हुनुहुन्छ । नेपालको रूपान्तरणका लागि ठूलो ऐतिहासिक भूमिका खेलेको नेपाली पत्रकार जगतबाट निरन्तर सत्य तथ्य समाचार मात्र आउने कुरामा हामी विश्वास व्यक्त गर्दछौं । धन्यवाद !

कमेन्ट गर्नुहोस्