वर्षाका कारण ११ जनाको मृत्यु, उद्धारमा जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, असार २७ । दुई दिन देखिको निरन्तर वर्षाले देशभर धनजनको क्षति भएको समाचारहरू प्राप्त भएका छन् । गृहमन्त्रालयका अनुसार देशभर शुक्रबार अपरान्ह सम्म एघार जनाको मृत्यु भएको छ भने ८ जना वेपत्ता भएका छन् । बाढी पहिरोका कारण १३ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ । यसबीच मुलपानीमा पर्खाल भत्कँदा तीन जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ

याे पनि पढ्नुस  यो वर्ष किन छिट्टै भित्रँदै छ मनसुन ? कारण यस्तो छ

प्रधानमन्त्रीद्वारा उद्धारमा जुट्न निर्देशन
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनको निरन्तरको वर्षाका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढी पहिरो पीडितका लागि उद्धार तथा राहतको काममा जुटन गृह, रक्षा लगायत सम्बन्धित मन्त्रालय सुरक्षा निकाय र स्थानीय तहलाई निर्देशन दिएका छन् । यस्तै प्रधानमन्त्रीले आफ्नो ट्वीटरमा बाढीसँगै उद्धारका लागि तदारुक्ताका साथ सुरक्षाकर्मी परिचालन गरिएको र सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी वहाव खुलाउने काम भई रहेको उल्लेख गरेका छन् ।

याे पनि पढ्नुस  प्रचण्डले एमाले र ओलीले माओवादीको बैठकलाई सम्वोधन गर्ने !

प्रधानमन्त्रीले मन्त्रीहरूसँग मन्त्रालयका कामको प्रगति बारे ब्रिफिङ् लिने क्रममा सो निर्देशन दिएका हुन् । यसैबीच जल तथा मौसम विज्ञान विभागले भेरी निन्दा विरिङ मावा, रतुवा, नुनखोला, लोहन्द्रा, बुढीखोला, खेसिलिया, सुनसरी खोला, त्रिुयुगा, वालन, खुट्टी चुरियाखोला, खाडो माहुली, रातो हर्दि, लाल बकैया लगायत साना नदी तथा जलाधारका धेरै स्थानहरूमा समान्य भन्दा धेरै वर्ष भईरहेकाले तटीय क्षेत्रमा सर्तकर्ता अपनाउन आग्रह गरेको छ । तस्बिरः वर्षाका कारण डुबानमा परेका उपत्यकाका विभिन्न स्थान ।

कमेन्ट गर्नुहोस्