४ लाख घुससहित डिएफओ पक्राउ

सुर्खेत, असार २७ । डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख ४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले डिभिजन वन प्रमुख भक्तबहादुर लामालाई आज कार्यकक्षबाटै रङ्गेहात पक्राउ गरेको हो ।

आयोगको सुर्खेत कार्यालयका प्रवक्ता मेघनाथ सापकोटाले सेवाग्राहीबाट ४ लाख घुस लिइरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्