ढुङ्गाडमा ढुंगाले लागेर एक जनाको मृत्यु

बैतडी, असार २७ । बैतडीमा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ । ढुंगाले लागेर जिल्लाको सिगास गाउँपालिका–५, ढुङ्गाडका २९ वर्षीया कित्थी चुनाराको शुक्रबार मृत्यु भएको हो ।

शुक्रवार बिहान स्थानीय जिनजेनी भिरमा घाँस काट्ने क्रममा माथिबाट आएको ढुंगाले लागेर चुनाराको घटनास्थलमै ज्यान गएको सिगासका स्थानीय राजेन्द्र साउदले जानकारी दिए ।

मृतक महिलाका श्रीमान, दुई छोरा र दुई छोरी रहेका छन् । घटनास्थलतर्फ प्रहरीको टोली गइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्