महिला सशक्तिकरण कार्यक्रमः उप–महानगरपालिका र यूएनडिपीबीच सम्झौतापत्रमा हस्ताक्षर

कैलाली, असार २७ । धनगढी उप–महानगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी)बीच एकल महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गर्ने गरि शुक्रवार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उप–महानगरपालिकाका तर्फबाट नगरप्रमुख नृपबहादुर वड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका तर्फबाट डेपुटी रिप्रजेन्टीभ डाईरेक्टर माजेनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मेयर वडका अनुसार यो कार्यक्रममा ६० प्रतिशत योगदान संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडिपी) को रहने छ भने ४० प्रतिशत योगदान उप–महानगरपालिकाको रहने छ ।

पहिलो चरणमा १ करोड ६५ लाखको सम्झौता भएको नगरप्रमुख वडले बताए । उनका अनुसार पहिलो चरणमा ९ महिनाका लागि कार्यक्रम सम्झौता भएको भएपनि कार्यक्रमले तीन बर्ष सम्म निरन्तरता पाउने छ । उप–महानगरपालिकाका १९ वटै वडामा कार्यक्रम संचालन हुने नगरप्रमुख वडले बताए । कार्यक्रमको लक्ष्य एकल महिलालाई उद्यमशिलताका माध्यमबाट आर्थिक अबस्थामा सुधार ल्याउने रहेको छ ।

कमेन्ट गर्नुहोस्