मलेसियाविरुद्ध पारस खड्काको शानदार अर्धशतक (LIVE)

काठमाडौं, असार २८ ।  टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा मलेसियाविरुद्ध नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन् । उनले ३ छक्का र ५ चौकाको मद्दतमा ३२ बलमा अर्धशतक पूरा गरेका हुन् । मलेसियाले दिएको १२९ रनको लक्ष्य पछ्याउँने क्रममा नेपालले ११.३ ओभरमा तेस्रो विकेट गुमायो । नेपालले तेस्रो विकेटकारुपमा रोहित कुमार पौडेललाई ५ रनमा गुमाएको हो । यसअघि नेपालले ज्ञानेन्द्र मल्ललाई ७ र प्रदीप ऐरीलाई ८ रनमा गुमाइसकेको छ ।

याे पनि पढ्नुस  एसीसी यू–१६ः नेपालद्वारा मलेसियालाई १४२ रनको लक्ष्य

यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनायो । उसका लागि विरन्दीप सिंहले ५७, फित्री सामले १२, कप्तान अहमद फिजले ४५, मुहम्मद सयादतले ८ रनको योगदान दिए ।

बलिङमा करण केसीले ३, सन्दीप लामिछाने, बसन्त रेग्मीले २–२ र सोमपाल कामीले एक विकेट लिए  । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ ।

याे पनि पढ्नुस  एएफसी यु–१६ महिला च्याम्पियनसिप : नेपालले मलेसियासँग खेल्ने

नेपालको प्लेइङ–११ मा कोकोले पाए मौका?
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, प्रदीप ऐरी, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, करण केसी र ललित नारायण राजवंशी ।

https://www.youtube.com/watch?v=gG0UnRsWObA

कमेन्ट गर्नुहोस्