दर्शकको मन जित्दै रोशन राईको ‘उपहार’

काठमाडौं, असार २८ । रोशन राई सांगीतिक क्षेत्रमा नयाँ नाम होइन । लामो समयदेखि सांगीतिक आकाशमा उदयमान ताराको रुपमा मात्र नभई स्थापित पनि भइसकेका हुन रोशन राई ।

करिब २० वर्ष अघिदेखि गायन यात्राको सुरुवात गरेका गायक रोशन राईको पछिल्लो गीत ‘उपहार दिउ कि माया तिमीलाई आँखैमा सजाँउ’ सार्वजनिक भएको छ । जन्मघर खोटाङ जिल्ला घर भएका गायक राईका यसअघि प्राण, गायन र गायन २ गरी ३ वटा गीती एल्वम बजारमा सार्वजनिक भैसकेका छन् । २०५६ सालमा पूर्वाञ्चल आधुनिक गायन प्रतियोगितामा पूर्वाञ्चल क्षेत्रका १६ वटा जिल्लाको प्रतिस्पर्धामा प्रथम उपाधि हासिल गरेका गायक रोशन राईलाई ‘पालुवा स्टार’ को उपाधिबाट पुरस्कृत गरिएको थियो । उक्त उपाधिले नै गायन क्षेत्रमा अघि बढ्न हौसला प्रदान गरेको बताउँछन् गायक राई ।

गत शुक्रबार युट्युवमा सार्वजनिक गरिएको गायक राईको गीत ‘उपहार दिउँ कि माया तिमीलाई आँखैमा सजाँउ’ लाई करीब २ लाख भ्यूअर्सले हेरिसकेका छन् । उक्त गीतको वारेमा थुप्रै सकारात्मक प्रतिक्रियाहरु पनि आइरेका छन् । गायक रोशन राई र अञ्जु पन्तको स्वर भएको उक्त गीतमा राईले नै संगीत दिएका छन् भने शब्द बच्चन राईको रहेको छ ।

उक्त गीतको मोडलमा पल शाह र वर्षा सिवाकोटीले भूमिका निर्वाह गरेको छन् । उक्त गीतको छायांकन पनि उत्कृष्ट रहेको छ । आफूलाई सांगीतिक क्षेत्रमा लाग्दा साह्रै नै आत्मसन्तुष्टि मिलेको बताउँछन् राई । पछिल्लो समय निकालेको यस गितले बजार चर्चा राम्रै पाउन थालेपछि यसले आफूलाई थप उर्जा मिलेको बताउछन् । आगामी दिनमा पनि यस्तै मिठा तथा सुमधुर गीत सुन्न पाईराखौ हाम्रो शुभकामना ।

कमेन्ट गर्नुहोस्