अविरल वर्षाको कारण रौतहत डुबानमा, भारतीयले बाँध नखोलिँदा रौतहटवासी त्रसित

रौतहट, असार २८ । डुबानमा परेपछि रौतहटवासी अत्तालिएका छन् । भारतले बाँध नखोल्दा रौतहटवासी अत्तालिएका हुन् । भारतीय बाँधेको केही बाँधहरु बाढीले भत्काएको छ ।

भारतीय पक्षले दशगजामै कृत्रिम तरिकाले बनाएको बाँध फुटेपछि त्यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी)हरूले तत्काल मर्मत गरेका छन् । भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेर बाढीको पानी रोक्न खोज्दा बाँध फुटेपछि तत्काल मर्मत गरिएको हो ।

सदरमुकामदेखि ३ किलोमीटर पुर्व राजदेवी नगरपालिकाको बेलबिछवा टोलनजिक नेपाल भारत सीमाक्षेत्रको मुसाचक नजिक बाँधिएको बाँध पानीको बेगले आफैं भत्किएपछि तैनाथ भारतीय एसएसबीहरूले तत्काल केमिकलको प्रयोग मर्मत गरेको हुन् । भारतको बैरगनिया र रौतहटको गौरको बीचमा रहेको भारतीय बाँधका कारण सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती डुबानमा परेका थिए । बाँधमा भएका ढोकाहरु नखोलिदिँदा संकट निम्तिएको भन्दै रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले भारतीय अधिकारीलाई पानीको निकास खोल्न भारतलाई पटकपटक आग्रह गरेका थिए । तर, पनि भारतले बाँध खोलेको थिएन । अन्ततः बाढी बाँध भत्काएको छ ।

बाँध नखोलेपछि रौतहटबासीले सामाजिक सन्जालमार्फत भारतको आलोचना गरेका थिए । फेसबुक प्रयोगकर्ताले भारत विरोधी स्टाटसमा ‘गो ब्याक इन्डिया’ लेखिएको थियो । भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती संकटमा परेको थियो । पानी थुनेर छिमेकी मार्न खोजेको भन्दै सामाजिक सन्जालमा भारतको विरोध भइरहेको छ । फेसबुक प्रयोगकर्ताले भारतविरोधी स्टाटससँगै ‘गो ब्याक इन्डिया’ ह्यासट्याग पनि प्रयोग गरेका छन् ।

दशगजा क्षेत्रमा भारतीय पक्षले बाँध बनाएको छ । सो बाँधका कारण सदरमुकाम गौरमा दश फुटभन्दा बढी पानी जमेपछि जनजीवन अस्तव्यस्त बनेको छ । ४ दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्णरुपमा डुबानमा परेको छ । बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।सदरमुकाम गौरमासमेत १० फिटभन्दा बढी पानी जमेको छ । सुरक्षाकर्मीका ब्यारेक र कार्यालयसमेत डुबानमा परेपछि उद्धारकर्मी परिचालनमा कठिनाइ भइरहेको छ । बाग्मती र लालबकैया नदीका बाँध विभिन्न स्थानमा फुट्दा सयौं परिवार विस्थापित भएका छन् भने जिल्लाका सबै सडक सञ्जाल पूर्णरुपमा विच्छेद भएको छ ।

सदरमुकाम गौरको पूर्व र पश्चिम दुवैतर्फ रहेका दुई ठूला नदीहरुमा जलस्तर बढ्दो क्रममा रहेपछि स्थानीय त्रसित छन् । झाँझ, बागमती, लाल बकैया र चादी नदीमा पानीको बहाव अत्याधिक भएर बाढी आउँदा रौतहटको गौर, गरुडा र चन्द्रपुर नगरपालिका समेत पूर्ण रुपमा डुबेका छन् । गएराति गरुडा र सदरमुकाम गौरमा समेत बाढीको पानी पसेको छ ।

गौरको मुख्य सडकमा एक तले घर डुब्ने पानी छ भने जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायत प्रहरी यूनिट समेत डुबानमा परेका छन् । गौरमा रहेका सुरक्षा निकायका कार्यालय तथा ब्यारेकहरु समेत डुब्दा उद्दार टोली परिचालनमा कठिनाइ भएको छ । गौर बजारमा झण्डै १० फिटसम्म पानी जमेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उद्दारमा कठिनाइ भएपछि प्रदेश तथा प्रहरी प्रधान कार्यालयबाट थप मद्दत माग गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पूर्वमा रहेको बागमती नदीले मत्सरी, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा र आसपासका खेतहरु कटान गरिरहेको छ । पश्चिम तर्फको लाल बकैया नदीका कारण बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, कटहरीया, बसन्तपट्टी, तेजापाकडमा पनि बाढीले बस्ती डुबाएको छ ।

बाढीका कारण रौतहटको बन्जरहाको सडक सम्पर्क टुटेको छ । यसैगरी फतुवा महेशपुर, राजपुर, जिंगडवा, मलाही टोल, पोठियाहीका बस्ती पनि डुबानमा परेका छन् । गरुडा क्षेत्रसँगै चन्द्रनिगाहपुर र सन्तपुर मैढा कटानीका बस्तीहरुमा पनि बाढी पसेको छ । गौर चन्द्रनिगाहपुर र पूर्वपश्चिम राजमार्गमा यातायात पूर्ण रुपमा बन्द छ ।

कमेन्ट गर्नुहोस्