खुमन र मालतीको ‘पैसा मागम की?’ बजारमा (भिडियो)

काठमाडौं । चर्चित लोकदोहोरी गायक खुमन अधिकारी र मालती खरेलको नयाँ तीज गीत ‘पैसा मागम की’ सार्वजनिक गरिएकाे छ । दर्जनौ चर्चित लोक भाका नेपाली सांगीतिक बजारमा पस्केर चर्चामा आएका गायक अधिकारी र खरेलको नयाँ तीज गीत ‘पैसा मागम की’ युट्युबमार्फत् सार्वजनिक गरिएको हो ।

गायक अधिकारीको शब्द तथा संगीत रहेको यस गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन् । दुर्गा पौडेलले छायांकन गरेको म्युजिक भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् । भिडियोमा मोडल शंकर बिसी र रश्मी तामाङलाई फिचर्ड गरिएको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

 

कमेन्ट गर्नुहोस्