प्रदेश १ मा बाढी र पहिरोः ९ को मृत्यु, ४ जना वेपत्ता

विराटनगर, असार २८ । पछिल्ला पाँचदिनदेखि परेको वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी प्रदेश १ मा ९ जनाको मृत्यु भएको छ । बाढीमा परी ४ जना वेपत्ता भएका छन् भने दुईजना घाईते भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना समन्वय अधिकारी, वरिष्ठ प्रहरी उपरीक्षक किशोर कुमार दाहालले नौ जनाको मृत्यु, चारजना वेपत्ता र दुईजना घाईते भएको जानकारी दिए ।

मृत्यु हुनेमा भोजपुर रामप्रसाद राई गाउँपालिका–७ का ६६ वर्षीय जगतबहादुर राई, ट्याम्केमयुम गाउँपालिका–९ का १४ वर्षीय जनक बिश्वकर्मा, ओखलढुंगा चिसुङखुगडी गाउँपालिका–४ निवासी ८५ वर्षीया पासाङपुटी शेर्पा, इलाम चुलाचुली गाउँपालिका–१ निवासी ५० वर्षीया अञ्चला लावती भन्छिन् ।

याे पनि पढ्नुस  दुई लाख बढी मरेका थिए चीनको बाढीमा

यसैगरी खोटाङको खोटेहाङ गाउँपालिका–२ पहिरोमा पुरिएर २८ वर्षिया रेखा राई, ४ वर्षीय छोरा रमन र ६ महिनाका छोरा रोहन राईको मृत्यु भएको प्रवक्ता दाहालले जानकारी दिए । वेपत्ता रहेका तीनै जनाको शव भेटिएको प्रवक्ता दाहालले बताए । झापाको दमक–१० मा ६ वर्षीया उलिजा न्यौपानेको स्थानीय खोलाले बगाएर मृत्यु भएको छ भने उदयपुर घर भई सुनसरीको इटहरी–५ बस्ने ३५ वर्षीय सागर थापाको खोलाले बगाएर मृत्यु भएको छ ।

याे पनि पढ्नुस  नेकपाका नेता जीवन आचार्यको पहलमा बाढी पीडितलाई राहत वितरण (तस्विर)

पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का ९ वर्षीय दिवन राई, झापा भद्रपुर–९ का ४५ वर्षीय सफल हस्दा, सुनसरी बराहा नगरपालिका–१ का १० वर्षीय अर्पण राई र मोरङ कानेपोखरी गाउँपालिका–२ मा एकजनालाई खोलाले बगाएर वेपत्ता बनाएको प्रहरीले जानकारी दिइएको छ । मोरङको कानेपोखरीमा वेपत्ता भएका व्यक्तिको नामथर खुल्न सकेको छैन । सुनसरी र खोटाङमा एक–एक जना घाइते भएको प्रहरीले जानकारी दिइएको छ ।

दुहवीमा पुल र बेलबारीमा टावर जोखिम
बाढीका कारण कोशी राजमार्ग अन्तर्गत सुनसरी र मोरङ जोड्ने दुहबी नगरपालिकाको पुल जोखिममा परेको छ । यसैगरी दुहबी ग्रिडबाट मेचीका लागि बिद्युत प्रसारण गरिने १३२ केभिए लाइनको टावर लोहन्द्रा खोलाको बाढीको जोखिममा परेको छ । दुहबी पुल नजिकैको भाग बुढी खोलाले कटान गरेको छ भने लोहन्द्रा खोलाले जमिन कटान गर्दा बिद्युत प्रसारण लाइनको टावर लड्ने अवस्थामा पुगेको छ ।

याे पनि पढ्नुस  प्रहरीकै कार्यालय तथा क्वाटरहरु डुबानमा

अत्याधिक कटान गरेपछि छ लेन परियोजनाले दुहबी पुल आसपासको क्षेत्रमा तारजालि बिछ्याउने काम सुरु गरेको छ । माटो कटान रोक्नका लागि पुलको मोरङसँग जोडिएको भू–भागमा त्रिपालले छोपिएको छ । दुहबी पुलबाट यातायातका साधन आवात–जावतमा सावधानी अपनाउन भन्दै प्रहरीले रातो झण्डा गाडेर व्यवस्थापन मिलाईरहेको छ ।

कमेन्ट गर्नुहोस्