कोसीमा वर्षकै उच्च बहावः ३० ढोका खुला, सजग रहन एमएमएसबाट सूचना

राजविराज, असार २८ । सप्तकोसी नदीमा यस वर्षकै सबभन्दा उच्च पानीको सतह बढेको छ । सप्तकोसी नदीको शनिबार बिहान ९ बजे मापन गरिएको बाढीको बहाव २ लाख २८ हजार २०५ क्यूसेक प्रति सकेन्ड रहेको छ । पानीको निकासका लागि ३० वटा ढोका खोलिएको बताइएको छ । ब्यारेजमा ५२ ढोका रहेको छ ।

बाढी खतराको तहभन्दा माथि रहेको बाढी पूर्व अनुमान महाशाखाको बुलेटिनमा उल्लेख गर्दै कोसी ब्यारेजको नियमित अनुगमन गर्न सुझाव पनि दिएको छ । बाढी सूचना केन्द्रले स्थानीय प्रशासनको समन्वयमा कोसीको तटबन्ध र ब्यारेजको नियमित अनुगमन जरुरी रहेको बताइएको छ । रातो बत्ती बालिएको छ भने सजग रहन तटबन्धबासीलाई एसएमएसमार्फत सूचना पठाइएको उल्लेख छ ।

कमेन्ट गर्नुहोस्