सशस्त्र प्रहरीद्वारा डुबानमा फसेका सयौं व्यक्तिको उद्धार (फोटो फिचर)

काठमाडौं, असार २८ । सशस्त्र प्रहरीले लगातारको वर्षाका कारण ढुबान,बाढी तथा पहिरोमा परेका सयौं व्यक्तिको उद्धार गरेको छ । बाढीका कारण राजधानी उपत्यका लगायत तराई र पहाडका जिल्लामा आएको ठूलो प्राकृतिक विपदमा सशस्त्र प्रहरीलाई खटिन महानिरिक्षक शैलेन्द्र खनालले निर्देशन दिएसँगै सशस्त्रले आक्रामक उद्दार कार्य गरिरहेको हो ।


सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार, हालसम्म निकै जटिल अवस्थामा समेत सशस्त्र प्रहरीका जवानहरुले जनताको उद्दार गरेका छन् । हिजोमात्रै सयबढी जनतालाई सकुशल उद्धार गरेको सशस्त्रले आज समेत सयौंलाई सुरक्षित स्थानमा पुर्याएका छन् । महानिरिक्षक खनालले विपदको सामना गर्न, त्यसको चपेटामा परेका जनतालाई उद्धार गर्न र मानवीय सहायता पुर्याउन निर्देशन दिएका थिए ।


प्राप्त जानकारी अनुसार, सशस्त्र प्रहरी बलले चितवन जिल्लाको राप्ती नपा ६ झुम्रे पुल नजिकै शम्शेर चेपाङको घर बर्षा कारण डुवानमा परेको हुँदा निजको परिवारलाई उद्धारको लागि सप्रबल नेपाल मुख्यालय नम्बर ३ बाहिनीबाट सप्रनि मनिष थापाको कमाण्डमा डिएम टोली परिचालन गरेका थियो । टोलीले निजको श्रीमती र ३ जना बच्चालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको छ । साथै निज शम्शेर चेपाङ सोही स्थानमा रहेकोले उद्धार कार्य गरिरहेको छ।


यसैगरी प्रदेश नं. २ को धनुषा जिल्लाको शहिदनगर नपा २ बत्राही भन्ने स्थानमा कमला खोलाको वीच भागमा टहरा घरहरुबनाई बसेका सर्लाही कल्यानपुर नपा ५ बस्ने बुकदेव दास, कंचन मण्डल, रसिद दास, सुनाही महत र नाम वतन नखुलेको १ जना ब्यक्तिलाई सप्रबल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सप्रनि प्रकाशचन्द्र भट्टको कमाण्डको टोलीले सकुशल उद्धार गरेका छन्।


रौतहटको राजपुर नपा १ र २ मा बर्षाका कारण फसेका १ जना महिला र २ जना पुरुष ब्यक्तिहरुलाई सप्रबल नेपाल सुरक्षा बेश फतुवाबाट खटिएको सप्रनि तुला बहादुर चौधरीको कमाण्डको टोलीले सकुशल उद्धार गरेको सशस्त्रले जनाएको छ । यस्तै
रौतहट नपा ९, सिरसिया गाँउमा फुसको घर भित्र फसेका ९ जना परिवारलाई सप्रबल नेपाल नम्बर ११ गण हेक्वा रौतहटबाट खटिएको सप्रनाउ डिल्ली कुमार कार्कीको कमाण्डमा खटिएको टोलीले सकुशल उद्धार गरेको छ ।


यता पर्सा जिल्ला छपरमाई गापा ३ सानोजय मंगलापुरमा १ वटा घरमा पानी पसि ऐ बस्ने ब्यक्तिहरुका घर भित्रबाट ३ जनालाई सप्रबल नेपाल बिओपि भिष्वाबाट खटिएको सप्रनानि नरहरी दाहालको कमाण्डको टोलीले सकुशल उद्धार गरेको छ । मोरङ जिल्लामा ४५ घर परिवार, झापामा ४२ घर परिवारलाई सुरक्षित स्थानमा सारेको साथै धुनुषाको कमला नदिको बगरमा फसेका ५ जनालाई सप्रबल नेपालको टोलीले सकुशल उद्धार गरी सुरक्षित स्थानमा लगेको सशस्त्रले जनाएको छ ।


कर्णालीमा समेत सशस्त्रले उद्द्दार कार्य तीब्र बनाएको छ । असार २७ गते १२ बजे कालिकोटको खाडाचक्र नपा–१ पेट्रोल पम्म नजिकै र ऐ नपा ७ पिलीमा अत्याधिक बर्षाको कारण पहिरो गई कर्णाली हाईवे पूर्णरुपमा अवरुद्ध भएको थियाे । उक्त स्थानमा सप्रबल नेपाल आश्रित गुल्म कालिकोटबाट सप्रसनि शंकर देव शर्माको कमाण्डको टोली खटिगई डोजरको सहायताले सामान्य पहिरो हटाई १ बजे एकतर्फ बाटो सुचारु गराएको सशस्त्रले जनाएको छ ।

यस्तै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण हेक्वा विपद उद्वार काठमाडौंबाट सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको एपीएफ टोलीले काठमाडौंको ढुङ्गेअड्डाबाट एक सय ७७ जनालाई उद्वार गरेको छ। काठमाडौं महानगरपालिका १४ कलंकीबाट एपीएफ टोलीद्वारा २४ जनाको उद्वार गरेको थियो छ । डुवानका कारण घरभित्र रहेका व्यक्तिहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १८ गण हेक्वा निलबाराहीबाट सशस्त्र प्रहरी निरीक्षक बालकृष्ण महर्जनको कमाण्डमा खटिएको एपीएफ टोलीले उद्वार गरेको थियो ।


यसअघि काठमाडौंको ढुंगेअड्डामा नं. २० गणबाट सप्रनि पुरुषोतम भण्डारीको कमाण्डमा खटिएको टोलीले १७७ जना, नं. २१ गणबाट सप्रनि अमृत थापाको कमाण्डको टोलीले ललितपुरको नख्खु खोला ईलाकाबाट ८ जना र नं. १८ गणबाट सप्रनि बालकृष्ण महर्जनको टोलीले कलंकीको मालपोत कार्यालय ईलाकाबाट २४ जना गरि जम्मा २०९ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा लगेको जनाएको छ ।

यसैगरी ललितपुरको सुनकोशी स्थित नक्खु खोलामा बाढीको बीचमा परेका आठ जनालाई एपीएफ टोलीले उद्वार गरेको छ । ती व्यक्तिहरु बाढी आएको सो खोलाको बीचामा परेको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण हेक्वा दक्षिणकालीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो ।


यसैगरी काठमाडौंको बागेश्वरी मनोहरा नगरपालिका–६ स्थित एक घरको पर्खाल भत्किएर पुरिएका तीन जनाको शव सशस्त्र प्रहरी बल, नेपाल नम्बर २२ गण हेक्वा गुहेश्वरीबाट सशस्त्र प्रहरी निरीक्षक यूकेश उप्रेतीको कमाण्डमा खटिएको एपीएफ टोलीले झिकेको छ । उनीहरु पुरिएको जानकारी पाउनासाथै खटिएको एपीएफ टोलीले अपरान्ह करीव ४ बजे उक्त शल झिकेको हो ।

 

कमेन्ट गर्नुहोस्