गृह मन्त्रालयको निर्णयः राहत तथा उद्दारको लागि स्वास्थ्यकर्मी र हेलिकोप्टर पठाइने

काठमाडौं, असार २८ । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरो पीडितलाई तुरुन्त राहतको व्यवस्था गर्न गृह मन्त्रालयले निर्णय गरेको छ । मन्त्रालयमा शनिबार बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रभावित क्षेत्रमा हेलिकोप्टर र स्वास्थ्यकर्मीको टोली खटाउने, खानेपानी तथा खाद्यान्नका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो।

याे पनि पढ्नुस  गृहले भन्यो- शंकास्पद बस्तु देखेमा १०० मा खबर गर्नू

शुक्रबार मौसमका कारण हेलिकोप्टरबाट राहत तथा उद्दारको काम गर्न नसकिए पनि आजदेखि भने हेलिकोप्टर प्रयोग हुन थालेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बताए । उनले वर्षा सुरु हुनुअघि सम्भाव्य विपद्लाई मध्यनजर गर्दै पूर्वतयारी गरिएको जानकारी दिए।

कमेन्ट गर्नुहोस्