चौतारी नेपाल” संस्थाको संयोजत्वमा विभिन्न अस्पताल र युवा संस्थाहरुलाई आवद्ध गराई बाढि पिडितहरुको उद्दार र उपचारको लागी Alliance for Flood Response सक्रिय भएको छ। एलायन्सले बाढी पिडित जिल्लाहरुका विभिन्न अस्पतालहरुमा निशुल्क उपचारको व्यवस्था गर्नुको साथै बाढीमा फसेकाहरुलाई उद्दार गरि सुरक्षित ठाउँमा स्थानान्त्रण समेत गरिरहेको छ।
निम्न अस्पतालहरुमा एलायन्सले निशुल्क उपचारको प्रवन्ध गरेको छ:
१. सिटि केयर अस्पताल , वर्दिवास , महोत्तरी
२. अमृत हेल्थकेयर, बैलबास ,सर्लाही
३. हेल्थ ल्याण्ड अस्पताल, गरुडा, रौतहट
४. नव जीवन अस्पताल, जनकपुर
५. जानकी मेडिकल कलेज, जनकपुर
६. ओम पोली क्लीनिक, लहान.
७. गोल्डेन हेल्थ केयर, लहान
एलायन्सका संयोजक डा. हुलास अग्रवालले हालको लागी सप्तरी जिल्ला डुबान क्षेत्रहरुमा पानीको सतह हेर्दा जोखिम देखिएकाले एलायन्समा आवद्ध भोलुन्टर कर्पस नेपालका तालीम प्राप्त उद्दारकर्मीहरु खटाइएको जानकारी गराए। “विभिन्न अस्पतालहरुसंग समन्वय गरेर नि शुल्क उपचारको प्रवन्ध गरेका छौ। ” उनले भने।
एलायन्समा आवद्ध भोलुण्टर कर्प्स नेपालका अध्यक्ष दिपक चापागाईले सप्तरीको तिलाठी वडा नं पाँच र दुईबाट आजै करिब २०० जनाको उद्दार गरिएको बताए। उद्दार हुनेमा अधिकतम वृद्दा र बाल बाच्चा रहेका छन्। उनीहरुलाई केहि परको स्कुलमा स्थानान्तरण गरि खाद्धान्नको समेत व्यवस्था गरिएको छ। तर अनियन्त्रित वर्षा र बाढी अझै जारी रहेकाले सप्तरीको अवस्था झन् दयनिय हुदै गएको भन्दै चिन्ता व्यक्त गरे। उद्दारमा स्वयं सेवक र सहयोग पर्याप्त नरहेको भन्दै उनले सहयोगको लागी सबैमाझ अपिल गरे।