नेपाललाई लगातार झड्का, पारस–ज्ञानेन्द्र एकै ओभरमा आउट (LIVE)

काठमाडौं, असार २९ । मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटकारुपमा ५.३ ओभरमा कप्तान पारस खड्कालाई २३ रनमा गुमाएको हो । यसअघि नेपालले ज्ञानेन्द्र मल्ललाई ७ र पवन सराफलाई १० रनमा गुमाउन पुग्यो । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

कमेन्ट गर्नुहोस्