मलेसियाको उत्कृष्ट ब्याटिङ, महंगा बन्दै नेपाली बलर (LIVE)

काठमाडौं, असार २९ । मलेसिया विरुद्धको टि–२० सिरिजको दोस्रो खेलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले उत्कृष्ट सुरुवात गरेको छ । उसले ९ ओभरमा बिनाविकेट ७३ रन बनाएको छ । नेपालका बलर मलेसियाका ओपनर ब्याट्सम्यानसामु केही महंगा सावित भएका छन् । चर्चित लेग स्पिनर सन्दीप लामिछानले पहिलो ओभरमै १२ रन दिएका छन् । उनले आफ्नो पहिलो ओभरमा १ छक्का र १ चौका दिए । यस्तै उनले दोस्रो ओभरमा ८ रन खर्चिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनायो । नेपालका लागि विनोद भण्डारीले बिस्फोटक ब्याटिङ गरे । उनले ५ छक्का र ३ चौकाको मद्दतमा २५ बलमा नट आउट ५१ रनको योगदान दिए ।

टि–२० मा नेपालले बनाएको यो अहिले सम्मकै ठूलो लक्ष्य हो । यस अघि नेपालले सन् २०१४ को टि–२० विश्वकप क्रिकेटमा हङकङविरुद्ध बनाएको १४९ रननै उच्च स्कोर रहँदै आएको थियो । यस्तै, शरद भेषवाकरले २८ बलमा ४०, कप्तान पारस खड्काले १९ बलमा २३, रोहित कुमार पौडेलले २३ बलमा १९, करण केसीले १० बलमा १६, ज्ञानेन्द्र मल्लले ३ बलमा ७, पवन सराफले ११ बलमा १० र सोमपाल कामीले नट आउट १ बलमा १ रन बनाए ।

बलिङमा मलेसियाका फित्री शामले ३, सैद अजिज र सर्विन मुनियनले एक–एक विकेट लिए । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।

कमेन्ट गर्नुहोस्