सन्दीपललाई पहिलो सफलता, मलेसियाको चौथो विकेट गुम्यो (LIVE)

काठमाडौं, असार २९ । मलेसिया विरुद्धको टि–२० सिरिजको दोस्रो खेलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले चौथो विकेट गुमाएको छ । मलेसियाले चौथो विकेटकारुपमा अनवार अरुदिनलाई ७ रनमा गमायो । उनलाई सन्दीप लामिछानेले आउट गरेका हुन् ।

आज सन्दीपले ३ ओभरमा २८ रन दिएर १ विकेट लिएका हुन् । यसअघि मलेसियाले शाकिफ सरिफलाई १०, सायद ऐजालाई ५० र विरन्दीप सिंहलाई २३ रनमा गुमायो ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनायो । नेपालका लागि विनोद भण्डारीले बिस्फोटक ब्याटिङ गरे । उनले ५ छक्का र ३ चौकाको मद्दतमा २५ बलमा नट आउट ५१ रनको योगदान दिए ।

टि–२० मा नेपालले बनाएको यो अहिले सम्मकै ठूलो लक्ष्य हो । यस अघि नेपालले सन् २०१४ को टि–२० विश्वकप क्रिकेटमा हङकङविरुद्ध बनाएको १४९ रननै उच्च स्कोर रहँदै आएको थियो । यस्तै, शरद भेषवाकरले २८ बलमा ४०, कप्तान पारस खड्काले १९ बलमा २३, रोहित कुमार पौडेलले २३ बलमा १९, करण केसीले १० बलमा १६, ज्ञानेन्द्र मल्लले ३ बलमा ७, पवन सराफले ११ बलमा १० र सोमपाल कामीले नट आउट १ बलमा १ रन बनाए ।

बलिङमा मलेसियाका फित्री शामले ३, सैद अजिज र सर्विन मुनियनले एक–एक विकेट लिए । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।

कमेन्ट गर्नुहोस्