एलजी सिने सर्कल अवार्ड २०७६ को लागि निःशुल्क आवेदन दर्ता फर्म खुल्ला

काठमाडौं, असार २९ । विगत ३ वर्षदेखि निरन्तर हुँदै आएको सिनेमा सर्कल नेपालको एलजी सिने सर्कल अवार्ड यसवर्षको लागि निःशुल्क अनलाईन फर्म खुल्ला गरिएको छ । २०७५ सालभर नेपालमा प्रदर्शनमा आएका चलचित्रहरुले निशुल्क यस अवार्डमा सहभागिता जनाउन पाउने छन्।

सिनेमा सर्कल नेपालको आयोजना र द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा हुने अवार्डमा विगतमा एक सर्वाधिक रुचाईएको चलचित्र अवार्ड बन्न सफल बनेको थियो । अवार्डको पहिलो वर्ष २०७३ भदौं २२ गते आर्मी अफिसर्स क्लव भद्रकालीमा वरिष्ठ भारतीय चलचित्र कलाकार एवम् सांसद शत्रुघन शिन्हा, जापानी चलचित्र निर्देशक मात्सुवयासी र हलिउड चलचित्र निर्देशक डिगर मेशको विशेष अतिथ्यतामा, २०७४ साउन २३ गते चर्चित भारतिय कलाकार एंव नेपालको पहिलो निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र माईतीघरका प्रमुख कलाकार माला सिन्हा, सिपी लोहनी र तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको विषेश आतिथ्यतामा नेपाली चलचित्र क्षेत्रमा निजी लगानी सुरु भएको ५१औँ वर्षको महोत्सव मनाउँदै सम्पन्न भएको कार्यक्रमको गतवर्ष भदौ ३१ गते राष्ट्रिय सभागृहमा चर्चित बलिउड स्टार गोविन्दा को विशेष आतिथ्यतामा सम्पन्न भएको थियो भने तिनै वर्षमा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा प्राविधिकहरूलाई विशेष सम्मान गर्दै सम्पन्न भएको थियो ।

एउटा स्तरीय पुरस्कारको स्थापना र निरन्तरताको लागि प्राविधिकहरुलाई सम्मान गर्दै कार्यक्रमको पहिलो वर्षमा लाइफटाइम अचिभमेन्ट अवार्ड २५० भन्दा बढी नेपाली चलचित्रमा अभिनय समेत गरेका तथा २०३८ साल देखि लगातार अभिनय तथा कला संयोजन गर्दै आएका उद्धव भट्टराई (जुङ्गे) लाई नगद रु ५१०००।– सहित प्रदान गरिएको थियो, अवार्डको दोश्रो बर्ष नेपाली २५० भन्दा बढि चलचित्रमा द्धन्द निर्देशकको रुपमा निरन्तर योगदान पु¥याउनु भएका निर्देशक एन वि महर्जनलाई नगद ५१ हजार सहित प्रमुख अतिथी तथा विशेष अतिथीको हातबाट लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने गतवर्ष नेपाली चलचित्रमा लामो समय चलचित्र निर्देशनमा योगदान पुर्याएका राँको, करोडपति, सिमारेखा, घामछाँयाँ, एक नम्वरको पाखे, कर्जा, घुम्टो जस्ता दर्जनौ चलचित्र लगायत भारतिय र भोजपुरी चलचित्र समेत निर्देशन गर्नुभएका बरिष्ठ चलचित्र निर्देशक किशोर रानालाई नगद ५१००० सहित लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

सिनेमा सर्कल नेपालले चलचित्रकर्मी, पत्रकार, फुटवलर, एभरेष्टर, उद्योगी, समाजसेवि, नेपाल आर्मी तथा प्रहरीका उच्च अधिकृतहरु तथा हर दर्शकले रुचाएका नेपालका प्रतिष्ठीत व्यत्तिहरुको उपस्थिति सम्पन्न विगतको कार्यक्रम जस्तै यो वर्षपनि केही फरकढंगले २०७५ सालमा प्रदर्शनमा आएका तथा यस एल जि सिने सर्कल अवार्डमा निशुल्क नाम दर्ता गराएउने नेपाली कथानक चलचित्रहरु बाट तपसिलका २२ विधामा अवार्ड प्रदान गरिने छ ।

२०७५ मा प्रदर्शित फिल्मले  LG Cine Circle Awards मा निःशुल्क चलचित्र दर्ता तलको लिकंमा गएर भर्न सकिने छ।

https://forms.gle/ZEjXXEDV6MN18ftx9

कमेन्ट गर्नुहोस्