चलचित्र ‘रातो गलबन्दी’ को फस्टलुक पोष्टर सार्वजनिक

काठमाडौ‌ं, असार २८ । सामाजिक प्रेमकथामा निर्माण गरिएको चलचित्र ‘रातो गलबन्दी’को फस्टलुक पोस्टरसँगै शीर्षगीत सार्वजनिक गरिएको छ ।

आगामी साउन १७ गतेदेखि प्रदर्शन हुने चलचित्रमा केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।
नवनिर्देशक अनिश थापाको निर्देशनमा बनेको फिल्मको सार्वजनिक पोस्टरमा केकी, कोसिस र बुद्धिलाई हाइलाइट गरिएको छ । हिमाल कडरिया र दुर्गा बस्नेत निर्माता रहेको फिल्मको शीर्षगीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ । गोविन्द राईले कोरियोग्राफी गरेको गीत लोकराज अधिकारीले लेखेका हुन भने संगीत बिनोद खुम्बुले सृजेका हुन् ।

मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट किरण माइकलले लेखेका हुन् । हिमाल कडरियाको कथा रहेको फिल्मको सहनिर्माता बासुदेव घिमीरे, अमृता मगैराम र कृष्ण घिमिरे तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् । निर्देशक थापा ‘रातो गलबन्दी’ भरपुर मनोरञ्जनका साथै सामाजीक सन्देशयुक्त फिल्म भएको बताउछन् ।

पूर्वी नेपालका बिभिन्न स्थानमा खिचिएको फिल्मको लाइन प्रोड्युसरमा प्रकाश सेनदाङ, मनोज उप्रेती र युएस लाइन प्रोड्युसरमा बेनुप्रसाद मैनाली छन् । सुमन तामाङले खिचेको फिल्ममा अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ । रातो गलबन्दीको बितरण आरआर फिल्मस्ले गर्दैछ ।

कमेन्ट गर्नुहोस्