विश्वकपः इंग्ल्याण्ड र न्यूजिल्याण्डको भिडन्त आज, यस्तो हुनसक्छ प्लेइङ ११

काठमाडौं, असार २९ । १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि लागि आज इंग्ल्याण्ड र न्यूजिल्याण्ड खेल्दै छन् । यी दुई टिमबीचको उपाधि भिडन्त नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि लड्समा सुरु हुँदैछ ।

अहिलेसम्म न्यूजिल्याण्ड–इंग्ल्याण्डले विश्वकप जित्न सकेका छैनन् । दुवै टिम उपाधि विहिन रहेकाले आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । हालसम्म विश्वकपमा इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच ८ पटक भेट भएको छ । जसमा ५ खेलमा न्यूजिल्याण्ड र ३ खेलमा इंग्ल्याण्डले जीत हासिल गरेको छ ।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

न्यूजिल्याण्डको सम्भावित प्लेइङ–११ः कोलिन मुनरो, मार्टिन गुप्टिल, केन विलियम्सन (कप्तान), रस टेलर, जिमी नीशम, कोलिन डी ग्राण्डहोम, टम लाथम (विकेट कीपर), मिचेल सान्टनर, म्याट हेनरी, ट्रेन्ट बोल्ट र लकी फर्गुसन।

इंग्ल्याण्डको सम्भावित प्लेइङ–११ः जेसन रोय, जोनी बेरिस्टो, जो रूट, इओन मोर्गन, (कप्तान), बेन स्टोक्स, जोस बटलर (विकेटकीपर), क्रिस वोक्स, लियम प्लंकेट, आदिल रशीद, जोफ्रा आर्चर र मार्क वुड।

याे पनि पढ्नुस  अत्यधिक गर्मीमा क्रिकेट नियममा यस्ता परिवर्तन गर्न सुझाव

कमेन्ट गर्नुहोस्