पानीको सतह घटेपछि ५ को शव फेला

रौतहट, असार २९ । ३ दिनदेखि डुबानमा परेको रौतहटको गौर नगरपालिकासहित आसपासका दर्जन बढी गाउँमा पानीको सतह घटेपछि पाँच जनाको शव फेला परेको छ।

यमुनामाइ गाउँपालिकाकी गायत्री देवी, इशनाथ नगरपालिका हरेन्द्र राय, दुर्गा भगवती गाउँपालिकाका विरेन्द्र झा, गौर नगरपालिकाका शिव मंगल राउत र उमेश राउतको शव फेला परेका हो । त्यस्तै गढिमाइकी आनन्दी देवी र इशनाथका रामपुकारको अहिलेसम्म पनि वेपत्ता रहेका छन् ।

भारतीय पक्षले दशगजामा बनाएको बाँधको दुई साइफल (ढोका) खोलेपछि पानीको सहत घटेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कुमार कार्कीले बताए । उनका अनुसार ८० प्रतिशत पानी घटेको छ । लाल बकैया र बागमतीको बाँध भत्केपछि गौरनगरपालिकासहित दर्जन बढी गाउँमा बाढी पसेको थियो ।

निरन्तर ४ दिनदेखि परेको वर्षाका कारण बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि करिब ३० हजार बढी घरमा क्षति पुर्याएको छ । बाढीबाट विस्थापित सबैलाई सामुदायिक भवन, बिद्यालाय, लगायतका सुरक्षित स्थानमा राखिएको छ । तर, बाढीका कारण अधिकांस बाढी पीडितको अवस्था दर्दनाका बनेको छ।नागरिकदैनिकबाट

कमेन्ट गर्नुहोस्