विश्वकप विजेताले ४५ करोड पाउने, अरु टिमले कति पाउँदैछन् ?

काठमाडौं, विश्वकप क्रिकेटमा यस संस्करणको नयाँ विजेताको घोषणा आज हुनेछ । आज हुने फाइनल खेलमा न्यूजिल्याण्ड र इंग्ल्याण्डमध्ये कुनै एउटा टीमले विश्वकप उचाल्ने सौभाग्य पाउनेछ ।

योसँगै विजेता टीमले साढे ४५ करोड नेपाली रुपैयाँ बराबरको धनराशी समेत पुरस्कारका रुपमा जित्ने छ । आज पराजित हुने टीमले साढे २२ करोड रुपैयाँ पाउने छन् ।

नगद धनराशी विश्वकप जित्ने टीमले मात्रै नभएर अरुले पनि पाउनेछन् । यसमा मैन अफ द टुर्नामेन्ट अवार्डमा रोहित शर्मा, शाकिब अल हसन, मिसेल स्टार्क, जो रुट, केन विलियम्सन र जोफ्रा आर्चर प्रतिष्पर्धामा छन् ।

यसैगरी गोल्डन ब्याटको दौडमा भने रोहित शर्मा सबैभन्दा अगाडि छन् । खेलमा अहिलेसम्म उनले ६४८ रन बनाएका छन् । रुट दोश्रो र तेश्रोमा विलियम्सन रहेका छन् । रुटले ५४९ र विलियम्सनले ५४८ रन बनाएका छन् । दुबैलाई रोहितभन्दा अघि जानका लागि शतकीय पारी खेल्नुपर्नेछ ।

लगातार पहिलो नम्बरमा स्टार्क
बलिङमा स्टार्कले नै गोल्डन बल पाउने निश्चित जस्तै छ । उनले २७ विकेट लिएका छन् । स्टार्कले गत विश्वकपमा २२ विकेट लिएका थिए ।दोस्रो स्थानमा बंगलादेशका मुस्तफिजुर रहमान छन् । उनले २० विकेट लिएका छन् । तेस्रो स्थानमा जोफ्रा आर्चर छन् । उनले १९ विकेट लिएका छन् ।

कसले कतिपाउँछन् त ?

कमेन्ट गर्नुहोस्