न्यूयोर्कमा लोडसेडिङ, सिंगो शहर अँध्यारोमा

न्यूयोर्क, अमेरिकाको ठूलो शहर न्यूयोर्कमा अचानक बिजुली जाँदा पुरै शहर अँध्यारोमा डुबेको छ । अधिकारीहरुले ७० हजार भन्दा बढी घर र संस्थानहरु प्रभावित भएको जनाएका छन् । यसबाट ५० हजार बढी प्रभावित भएका छन् । सबैभन्दा बढी मिडटाउन म्यानहट्टन र अपर वेस्ट साइडमा प्रभाव परेको छ ।


शनिबार राती अचानक बिजुलीगएको थियो । बिजुली गएपछि प्रसिद्ध टाइम्स स्क्वायरका चम्किला बिलिबोर्ड्सहरु अँध्यारोमा डुबेका छन् । सडक बत्तीहरु पनि बन्द छन् । बिजुली नहुँदा चारवटा स्टेशन समेत बन्द गरिएका छन् ।

न्यूयोर्क सिटिका मेयर बिल डे ब्लासियोले ट्विटमार्फत मेनहोलमा आगो लागेका कारण बत्ती गएको बताए । आजभन्दा ४२ वर्ष अघि समेत यस्तै ब्ल्याकआउट भएको थियो ।

कमेन्ट गर्नुहोस्