विश्वकप फाइनल: न्युजिल्याण्डद्वारा टस जितेर ब्याटिङ गर्ने निर्णय

काठमाडौँ, असार २८ । विश्वकप क्रिकेटको १२ औं संस्करणमा न्युजिल्याण्डले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ । लण्डनस्थित लर्ड्स मैदानमा खेलिन गैरहेको उक्त खेलको नतिजाले विश्वलाई क्रिकेटको नयाँ च्याम्पियन दिनेछ ।

२०१९ विश्वकपमा यस मैदानमा लीग चरणका ४ खेल खेलाइएका थिए जसमध्ये सबै खेलमा पहिले ब्याटिङ गर्ने टीमले जीत हासिल गरेको छ । त्यहाँ पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले, अस्ट्रेलियाले इङ्ल्याण्डलाई ६४ रनले, अस्ट्रेलियाले न्युजिल्याण्डलाई ८६ रनले र पाकिस्तानले बंगलादेशलाई ९४ रनले हराइसकेका छन् ।

यस्तो छ प्लेइङ् इलेभन:

इङ्ल्याण्ड : इयोन मोर्गन (कप्तान), जोफ्रा आर्चर, जानी बेयरस्टो, जोस बटलर, लियाम प्लंकेट, आदिल राशिद, जो रूट, जेसन रॉय, बेन स्टोक्स, क्रिस वोक्स, मार्क वुड ।

न्युजिल्याण्ड : केन विलियमसन (कप्तान), मार्टिन गुप्टिल, रस टेलर,  कोलिन डी ग्रयाण्डहोम, जिमी नीशम, ट्रेंट बोल्ट, लोकी फर्ग्यूसन, मैट हेनरी, मिशेल सेंटनर, हेनरी निकोल्स, टिम साउदी,।

 

कमेन्ट गर्नुहोस्