न्यूजिल्याण्डलाई तेस्रो झड्का, ५५ रनमा निकोल्स आउट

काठमाडौं, असार २९ । १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा घरेलु टिम इंग्ल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले तेस्रो विकेट गुमाएको छ । उसले २६.५ ओभरमा ११८ रन बनाएको अवस्थामा हेनरी निकोल्सलाई ५५ रनमा गुमाएको हो । उनलाई लायम प्लेङकटले आउट गरे ।

यसअघि न्यूजिल्याण्डले कप्तान केन विलियम्सनलाई ३० र ओपनर पार्टिन गुप्टिललाई १९ रनमा गुमाई सकेको छ । उनलाई क्रिस ओक्सले एल्बीडब्लू आउट गरेका थिए । यो समाचार तयार पार्दासम्म न्यूजिल्याण्डले २९ ओभरमा ३ विकेट गुमाएर १२३ रन बनाएको छ ।

याे पनि पढ्नुस  सुपर ओभरमा न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्डले जित्यो पहिलो पटक विश्वकपको उपाधि

अहिलेसम्म न्यूजिल्याण्ड–इंग्ल्याण्डले विश्वकप जित्न सकेका छैनन् । दुवै टिम उपाधि विहिन रहेकाले आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । हालसम्म विश्वकपमा इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच ८ पटक भेट भएको छ । जसमा ५ खेलमा न्यूजिल्याण्ड र ३ खेलमा इंग्ल्याण्डले जीत हासिल गरेको छ ।

याे पनि पढ्नुस  विश्वकप फाइनलमा स्टोक्सको अर्धशतक, खेल रोमाञ्चक

न्यूजिल्याण्ड प्लेइङ–११ः हेनरी निकोल्स, मार्टिन गुप्टिल, केन विलियम्सन (कप्तान), रस टेलर, जिमी नीशम, कोलिन डी ग्राण्डहोम, टम लाथम (विकेट कीपर), मिचेल सान्टनर, म्याट हेनरी, ट्रेन्ट बोल्ट र लकी फर्गुसन।

इंग्ल्याण्डको प्लेइङ–११ः जेसन रोय, जोनी बेरिस्टो, जो रूट, इओन मोर्गन, (कप्तान), बेन स्टोक्स, जोस बटलर (विकेटकीपर), क्रिस वोक्स, लियम प्लंकेट, आदिल रशीद, जोफ्रा आर्चर र मार्क वुड।

कमेन्ट गर्नुहोस्