विश्वकप फाइनलः न्यूजिल्याण्डलाई पाँचौ झड्का, नीशम १९ रनमा आउट

काठमाडौं, असार २९ । १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा घरेलु टिम इंग्ल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले पाँचौ विकेट गुमाएको छ । उसले ३८ ओभरको अन्तिम बलमा १७३ रन बनाएको अवस्थामा जिमी नीशमलाई १९ रनमा गुमाएको हो । उनलाई लायम प्लेइङकले आउट गरे ।

योसँगै प्लेइङकटले आज ३ विकेट लिएका छन् । यसअघि न्यूजिल्याण्डले हेनरी निकोल्सलाई ५५, रस टेलरलाई १५, कप्तान केन विलियम्सनलाई ३० र ओपनर पार्टिन गुप्टिललाई १९ रनमा गुमाई सकेको छ । उनलाई क्रिस ओक्सले एल्बीडब्लू आउट गरेका थिए ।

अहिलेसम्म न्यूजिल्याण्ड–इंग्ल्याण्डले विश्वकप जित्न सकेका छैनन् । दुवै टिम उपाधि विहिन रहेकाले आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । हालसम्म विश्वकपमा इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच ८ पटक भेट भएको छ । जसमा ५ खेलमा न्यूजिल्याण्ड र ३ खेलमा इंग्ल्याण्डले जीत हासिल गरेको छ ।

कमेन्ट गर्नुहोस्