विश्वकप फाइनलः न्यूजिल्याण्डद्वारा इंग्ल्याण्डलाई २४२ रनको लक्ष्य

काठमाडौं, असार २९ । १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा न्यूजिल्याण्डले घरेलु टिम इंग्ल्याण्डलाई २४२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनायो ।

उसका लागि हेनरी निकोल्सले ५५, टम लाथमले ४७, कप्तान केन विलियम्सनले ३०, मार्टिन गुप्टिल, जिमी नीशमले १९–१९, कोलिन डी ग्राण्डहोमले १६, रस टेलरले १५, म्याट हेनरीले ४ र मिचेल सान्टनरले नट आउट ५ रन बनाए । बलिङमा इंग्ल्याण्डका लायम  लायम प्लंकेट, क्रिस ओक्सले ३–३ जोफ्रा आर्चर र मार्क उडले एक–एक विकेट लिए ।

अहिलेसम्म न्यूजिल्याण्ड–इंग्ल्याण्डले विश्वकप जित्न सकेका छैनन् । दुवै टिम उपाधि विहिन रहेकाले आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । हालसम्म विश्वकपमा इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच ८ पटक भेट भएको छ । जसमा ५ खेलमा न्यूजिल्याण्ड र ३ खेलमा इंग्ल्याण्डले जीत हासिल गरेको छ ।

न्यूजिल्याण्डको सम्भावित प्लेइङ–११ः कोलिन मुनरो, मार्टिन गुप्टिल, केन विलियम्सन (कप्तान), रस टेलर, जिमी नीशम, कोलिन डी ग्राण्डहोम, टम लाथम (विकेट कीपर), मिचेल सान्टनर, म्याट हेनरी, ट्रेन्ट बोल्ट र लकी फर्गुसन ।

इंग्ल्याण्डको सम्भावित प्लेइङ–११ः जेसन रोय, जोनी बेरिस्टो, जो रूट, इओन मोर्गन, (कप्तान), बेन स्टोक्स, जोस बटलर (विकेटकीपर), क्रिस वोक्स, लियम प्लंकेट, आदिल रशीद, जोफ्रा आर्चर र मार्क वुड ।

कमेन्ट गर्नुहोस्