न्यूजिल्याण्डलाई पहिलो सफलता, रोय १७ रनमा आउट

काठमाडौं, असार २९ । १२ औं संस्करणको आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा न्यूजिल्याण्डले दिएको २४२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले पहिलो विकेट गुमाएको छ । उसले ५.४ ओभरमा पहिलो विकेटको रुपमा जोसन रोयलाई १७ रनमा गुमाएको हो । उनलाई म्याट हेनरीले आउट गराए ।  यसअघि टस जितेर ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनायो ।

याे पनि पढ्नुस  इंग्ल्याण्डका ओपनर रोयलाई ३० प्रतिशत जरिवाना

उसका लागि हेनरी निकोल्सले ५५, टप लाथमले ४७, कप्तान केन विलियम्सनले ३०, मार्टिन गुप्टिल, जिमी नीशमले १९–१९, कोलिन डी ग्राण्डहोमले १६, रस टेलरले १५, म्याट हेनरीले ४ र मिचेल सान्टनरले नट आउट ५ रन बनाए । बलिङमा इंग्ल्याण्डका लायम प्लेइङकट, क्रिस ओक्सले ३–३ जोफ्रा आर्चर र मार्क उडले एक–एक विकेट लिए ।

याे पनि पढ्नुस  इंग्ल्याण्डलाई पहिलो झड्का, ६० रन बनाएर आउट भए रोय

अहिलेसम्म न्यूजिल्याण्ड–इंग्ल्याण्डले विश्वकप जित्न सकेका छैनन् । दुवै टिम उपाधि विहिन रहेकाले आजको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । हालसम्म विश्वकपमा इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच ८ पटक भेट भएको छ । जसमा ५ खेलमा न्यूजिल्याण्ड र ३ खेलमा इंग्ल्याण्डले जीत हासिल गरेको छ ।

कमेन्ट गर्नुहोस्